बुटवल- नहर सरसफाईको बहाना बनाएर बस्ती नै जोखिममा पर्ने गरी उत्खनन भएको भन्दै बुटवलको पुुलचोकबासी विरोधमा उत्रिएका छन् ।
बुुटवल उपमहानगरपालिकाले सोह्र छत्तीस मौजा सिचाईको मुहानबाट नदीजन्य पद्धार्थ विक्री वितरणका लागि ठेक्का लगाएको छ ।
बुुटवल–३ मा पर्ने सिचाईको मुहानबासीले केही लाख रुपैयाँको आम्दामीको नाममा बस्ती नैं जोखिममा पर्ने गरी ठेक्का रोकेर नदीजन्य पद्धार्थ उत्खनन तत्काल रोक्न माग गरेका हुन ।
टोलका अध्यक्ष राजुु पौडेलले नहरलाई सरसफाई गर्ने आडमा बस्ती मुुनीबाट उत्खनन गरेको बताए । पूर्व पश्चिम राजमार्ग अन्तरर्गत पर्ने तिनाउको पक्की पुुलमाथि उत्खनन गर्न पाइदैन ।
पौडेलले भने, ‘नदीजन्य पद्धार्थ उत्खनन सधैका लागि बन्द गरिनुुपर्छ । केही आम्दामीको नाममा बस्तीलाई जोखिममा पार्न हुुँदैन ।’ वडा नम्बर १, ५ र ७ मा निर्माण गरेको तटबन्ध जथाभावी तिनाउ दोहनले जोखिममा पर्ने खतरा छ । २०२७ र २०३८ सालमा ठूूलो बाढी आउदा ठूूलो धनजनको क्षति पुुर्याएको थियो ।
तत्कालिन बुुटवल नगरपालिकाका उपमेयर बिमलबहादुुुर शाक्यले नहरको मुुहानबाट नदीजन्य पद्धार्थ उत्खनन गर्दा बाढीको जोखिम बढेको बताए । उनले आम्दामीको स्रोत भन्दा बस्ती ठूूलो कुुरा रहेको शाक्यको भनाइ छ ।
यस अगाडि पनि नहर सरसफाई गरे मुुहानमा पसेको नदीजन्य पद्धार्थ नहरमुुनि फालिन्थ्यो । तर, अहिले विक्री गरिएको हो । उपमहानगरपालिकाले ७ लाख ५० हजारमा उक्त ठाउँको नदीजन्य पद्धार्थ ठेक्का लगाएको संस्थाले बताएको छ ।