बुटवल। बुटवलमा नेकपा एमालेको बृहत कार्यकर्ता भेला सुरु भएको छ । एन्फा टेक्निकल सेन्टरको मैदानमा सुरु भएको कार्यकर्ता भेलालाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नेछन् ।
भेलामा जिल्लाका १६ वटै स्थानीय तहका १५ हजार भन्दा बढी अगुवा कार्यकर्ता सहभागि हुने एमाले रुपन्देही प्रचार विभाग प्रमुख मोहन चापागाईंले बताए ।
नेकपा एमाले जिल्ला कमिटी रुपन्देहीद्वारा आयोजना गरिएको कार्यकर्ता भेलालाई पार्टी अध्यक्ष ओलीसहित उपमहासचिवद्वय विष्णुप्रसाद पौडेल र घनश्याम भुसाल, स्थायी समिति सदस्य टोप बहादुर रायमाझी, छबिलाल विश्वकर्मा लगायतले नेताहरुले समेत सम्बोधन गर्नेछन् ।