दाङ–प्युठानको नौबहिनी गाउँपालिका वडा नम्बर ७ सुरदिपमा ट्याक्टर दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ ।
लु २ त ५८२६ नम्बरको ट्याक्टर दुर्घटना हुँदा ट्याक्टर मालिक समेत रहेका रेकम कुवरको १५ बर्षीय छोरा प्रकाश कुवरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरीक्षक विष्णु पौडेलले बताए ।
रोकिराखेको ट्याक्टरको क्लोज प्लेट चलाउने क्रममा एक्कासी ट्याक्टर गुडेपछि दुर्घटना भएको थियो ।