दाङ–दाङमा शुक्रबार थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससंगै दाङमा कोरोना संक्रमितको संख्या ५९५ पुगेको छ ।
राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परिक्षणका क्रममा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । प्रतिष्ठानका अनुसार लमहीका ६ र राजपुरका एक गरी २ जनामा रिपोर्ट पोजेटिभ देखिएको हो ।
प्रतिष्ठानले दिएको जानकारी अनुसार लमही २ का १, वडा नम्बर ३ का १ र वडा नम्बर ५ का ४ जनामा कोरोना पोजेटिभ देखिएको छ । ६ जनामध्ये लमहीका ४ जना महिला रहेका छन् भने २ जना पुरुष रहेका छन् ।
त्यस्तै राजपुर २ का १ जना रहेका छन् भने वडा नम्बर ७ का १ जना पुरुषमा कोरोनाको पोजेटिभ रिपोर्ट आएको छ । प्रतिष्ठानले शुक्रबार १३६ जनाको स्वाब परिक्षण गरेको थियो ।
प्रतिष्ठानले हालसम्म १४ हजार ९०८ जनाको परिक्षण गरेको छ । त्यसमध्ये १४ हजार १२७ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने ७८१ जनाको रिपोर्ट पोजेटिभ आएको छ । प्रतिष्ठानमा अब परिक्षण गर्ने नमुना बाँकी नरहेको शाखा अधिकृत रोशन आचार्यले जानकारी दिए ।
प्रतिष्ठानले आज लमही, राजपुर, प्रतिष्ठानका कर्मचारी र प्यूठानको प्यूठान नगरका ब्यक्तिको स्वाब परिक्षण गरिएको जनाएको छ ।