बुटवल-रूपन्देहीको तिलोत्तमास्थित ६ लेन सडकका ३२ वटा बिरुवा काटेका छन्।
बुटवल-बेलहिया सडक खण्डको तिलोत्तमा नगरपालिकाको ६ लेन सडकको किनारमा हरियाली बनाउन लगाईएका बिरुवाहरु बिहीबार राती काटिएका हुन्। तिलोत्तमा नगरपालिकाको लगानीमा मणिग्राम देखि नयाँमिलसम्मका ३२ वटा बिरुवा राती काटेको सिसिटिभीमा देखिएको छ ।
तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरेले राती ३ जना मिलेर काटेको सिसिटिभी फुटेजबाट देखिएको र कानुनी उपचार खोजिने बताए ।
गत बर्ष साउन २ गते सोही सडकको शंकरनगर चोक देखि नयाँमिल सम्म राखिएका ५ वटा बुद्धका मुर्ति क्षतविक्षत हुने गरी फुटाईएको थियो । ती मुर्तिहरु कसले फुटाल्यो भन्ने अहिले सम्म खुलेको छैन ।