गुल्मी-असार ६ गते पहिरोका कारण बिस्थापित भएका गुल्मीको इस्मा गाउँपालिका रातापानीका बिस्थापित तीन घर परिवार बसेको जनशक्ति प्रावि पहिरोको उच्च जोखिममा परेको छ ।
अहिले ती घर परिवार कहाँ राख्ने भन्नेमा समस्या भएको वडा नं ४ की सदस्य मिना घर्तिले बताइन् । दोहलीकै छोटडाँडामा पहिरोले बसन्ती घर्तिको घर गोठ बगाएको छ ।
मानवीय नभएपनि घरगोठ भत्किएपछि पशुचौपाया पुरिएका छन् । मिना घर्तिसहित छोटडाँडा र न्वालाका गरेर पाँच घर परिवार बिस्थापित भएका छन् । रातापानीका धन बहादुर घर्तिको गोठसहित बाख्रा बगाएको छ ।