जनकपुरधाम-जनकपुरधाम ढल्केवर सडक खण्ड अन्तर्गत धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नं. ४ हरैयामा मोटरसाइकल दुर्घटना हुँदा आमा छोराको मृत्यु भएको छ ।
महेन्द्रनगरबाट जनकपुरधाम तर्फ आइरहेको ज ३ प ७०४२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलमा सवार आमा र छोराको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका वडा नं. २० का ४८ वर्षीय धर्मादेवी शर्मा र २८ वर्षीय छोरा नविन शर्माको मृत्यु भएको धनुषा प्रहरीले जनाएको छ । यता इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक पप्पु नायकले मोटरसाइकल आफै अनियन्त्रित भएर दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए । दुवैजनाको शवलाई प्रादेशिक अस्पताल जनकपुरधाममा ल्याइएको छ ।