बुटवल । लुम्बिनी प्रदेशका दुई पूर्वमाओवादी सांसदको मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । नेकपा माओवादीले कारबाही गरेपछि लुम्बिनी प्रदेशसभा सदस्य पद गुमाएका दधिराम न्यौपाने र दिनेश पन्थीले दिएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।
न्यायाधीश दीपककुमार कार्की र हरिप्रसाद फुयालको इजलासले उनीहरुलाई पुनर्बहालीका लागि अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।