बुटवल । प्रतिपक्षी दल नेकपा एमालेको लगातार अवरोधपछि स्थगित भएको लुम्बिनी प्रदेश सभा बैठक आज १ बजे बस्दै छ । आफ्ना सांसदलाई कारवाही गरेको पत्र टाँस गरी पद मुक्त नगरेको भन्दै सभामुख पूर्णबहादुर घर्तीप्रति रुष्ठ भएको नेकपा एमाले भने बैठक चल्न नदिने अडान लिएर बसेको छ । यसअघिका दुई वटा बैठक एमालेकै अडानका कारण स्थगित भएका थिए ।
प्रदेशसभाका सदस्य अजय शाही र विमला खत्री वलीलाई कारबाही नगरेसम्म संसद चल्न नदिने एमालेको चेतावनी दिइरहेकव छ । एमालेकै अवरोधका कारण आजको बैठक पनि कार्यसूचीमा प्रवेश गर्ने सम्भावना न्यून छ ।
चालु प्रदेश सभाको नऔं अधिवेशनका बैठकहरु चल्न नदिएपछि नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत लिन पाएका छैनन् ।