काठमाडौँ । सरकारले जारी गरेको राजनीतिक दलसम्बन्धी अध्यादेशविरुद्ध सर्वोच्च अदालतमा ५ वटा रिट निवेदन पेस भएका छन् । बिहीबार बिहानसम्म ५ वटा रिट निवेदन पेस भएको सर्वोच्चका सञ्चार विज्ञ किशोर पौडेलले जानकारी दिए । उनका अनुसार सबै रिट निवेदन एकै पटक दर्ता गर्ने तयारी छ।
प्रधानमन्त्री शेरबहादुरको देउवाको सिफारिसमा बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश जारी गरेकी थिइन् । अध्यादेशमा २० प्रतिशत केन्द्रीय सदस्य वा सांसदले दल फुटाउन सक्ने व्यवस्था गरिएको छ ।
सबै रिटहरु संवैधानिक इजलासमा सुनुवाई हुने पौडेलले जानकारी दिए ।