काठमाडौं । कांग्रेस सांसद एवं केन्द्रीय सदस्य प्रदीप गिरी गम्भीर बिरामी परेका छन् । स्वास्थ्यमा समस्या आएपछि उनको भारतको मुम्बईस्थित हिन्दुजा अस्पतालमा उपचार भइरहेको छ । उनी ५ दिनअघि उपचारका लागि मुम्बई पुगेको स्रोतले बताएको छ । चिकित्सकले बिहीबार उनको शल्यक्रिया गर्नुपर्ने वा नपर्ने भन्ने टुंगो लगाउने गिरी निकट स्रोतले जनाएको छ । गिरीलाई ३ वर्षअघि क्यान्सरको लक्षण देखिएको थियो ।
यसैबीच, गिरीको स्वास्थ्य अवस्था बुझ्नका लागि कांग्रेसका उपसभापति विमलेन्द्र निधि बिहीबार भारततर्फ लागेका छन् ।