बुटवल-प्रतिपक्षी दल एमालेले निरन्तर संसद अवरोध गरेपछि बिहीबार बोलाइएको लुम्बिनी प्रदेश सभाको बैठक सूचना टाँसेर स्थगित भएको छ।
अर्को बैठक यही भदौ ७ गते दिउसो १ बजेका लागि बोलाइएको प्रदेश सभा सचिव दुर्लभकुमार पुनमगरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
एमालेले आफुले कारबाही गरेका २ सांसद अजय शाही र विमला कुमारी खत्री वलीलाई पदमुक्त गर्नुपर्ने माग राख्दै आएको छ।
एमालेले पदमुक्त गरेको सूचना जारी नहुँदासम्म सदन चल्न नदिने जनाएको छ।
शाही हृदयेशकुमार त्रिपाठीको स्वतन्त्र समूहबाट सूर्य चुनाब चिन्ह लिएर चुनाब जितेका थिए भने वली नेकपाबाट सूर्य चुनाब चिन्हबाट चुनाब जितेकी थिइन्।
शाहीले आफु स्वतन्त्र समूहबाट चुनाब जितेकाले एमालेको ह्वीप नलाग्ने बताउँदै आएका छन् भने वलीले माओवादी केन्द्र रोजेको बताइएकी थिइन्।