बुटवल । माधवकुमार नेपाल नेतृत्वमा गठन हुन लागेको नेकपा एमाले (समाजवादी) पार्टीमा झलनाथ खनाललाई दोस्रो बरियतामा राखिने भएको छ । ९५ जना केन्द्रिय सदस्य रहने पार्टीको अध्यक्ष भने स्वयम् माधव नेपाल नै हुने छन् ।
पार्टी गठन गर्न नेता नेपालसँगै निर्वाचन आयोग पुगेका नेता राजेन्द्र पाण्डेले पार्टीको बरिष्ठ नेताका रुपमा जलनाथ खनाल रहने बताए । उनले बामदेव गौतम पनि पार्टीमा आउने जानकारी दिएपनि उनको पदबारे भने केही खुलाएनन् । उनका अनुसार पार्टीमा ३३ जना सांसद रहने छन् ।
उनले हाललाई पार्टीको अध्यक्षमा माधव नेपाल, बरिष्ठ नेतामा झलनाथ खनाल र केन्द्रीय सदस्यमा ९५ जना रहने गरी पार्टी दर्ता गरिएको जानकारी दिए । उनका अनुसार पार्टीमा साविक नेकपा एमालेका ५८ जना केन्द्रिय सदस्य रहने बताए ।
यस्तै उनले बामदेव गौतमले पनि ओलीको साथ छाडेर एमाले(समाजवादी)तिरै आउने दावी गरे ।
निर्वाचन आयोगमा अहिले दल दर्ताको प्रक्रिया चलिरहेको छ । पार्टीको चुनाव चिन्हको भने पछि टुङ्गो लाग्ने नेता पाण्डेले बताए ।