काठमाडौँ - दल विभाजन सम्बन्धी अध्यादेश जारी भएको छ। सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सो अध्यादेश जारी गरेकी हुन्। मंगलबार बसेको नेपाल सरकार मन्त्रिपरिषदको बैठकले दल विभाजनको लागि राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको थियो।
जस अनुसार बुधबार राष्ट्रपति भण्डारीले उक्त अध्यादेश जारी गरेकी हुन्। अध्यादेशमा केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत भए दल विभाजन गर्न सकिने व्यवस्था छ। अध्यादेशको चौतर्फी विरोध भइरहेको छ । यसबाट माधवकुमार नेपाललाई एमाले पार्टी विभाजन गर्न सहज भएको छ ।