बुटवल। नेकपा एमाले नेपाल पक्ष रुपन्देहीले पार्टी एकता कायम गर्न एमाले अध्यक्ष केपि शर्मा ओलीलाई राजीनामा दिन सुझाव दिएको छ ।
नेकपा एमाले रुपन्देही (नेपाल) पक्षको शनिबार बसेको प्रथम बैठकले पार्टी अध्यक्ष ओलीलाई राजीनामा दिएर पार्टी एकता कायम गर्न केन्द्रीय कमिटीलाई सुझाव पठाउने निर्णय गरेको हो ।
२÷२ पटक प्रतिनिधिसभा बिघटन गरेको, नेकपा विभाजन र एमाले भित्र एकता कायम गर्न नसकेकोले पार्टी एकताका लागि नैतिकताका आधारमा राजिनामा दिन केन्द्रीय कमिटिलाई सुझाव दिने निर्णय गरिएको नेकपा एमाले –माधव) रुपन्देहीका अध्यक्ष राजु गुरुङले बताए ।
बैठकले पार्टी सदस्यता नविकरण र पार्टी सदस्य आवेदन भदौ मसान्त सम्म सम्पन्न गर्न मातहत कमिटिलाई निर्देशन गरेको छ । यसैगरि बैठकले जिम्मेवारि विभाजन पनि गरेको छ । भदौ १५ भित्र पालिकास्तर जनवगीय संगठनको कमिटि निर्माण, भदौ मसान्त सम्म शाखा तहको कमिटि गठन र पुनर्गठन अघि बढाउने बढाउने निर्णय गरेको नेकपा एमाले उपसचिव सिद्धिचरण भट्टराईले बताए ।
बैठकलाई सम्बोधन गर्दै पोलिटब्यूरो सदस्य डा.बिजय पौडेलले अध्यक्ष ओलीकै कारण पार्टी एकता हुन नसकेको बताए । प्रतिनिधिसभा विघटन गर्नु र नेकपाभित्र विधि पद्धती मिचेको भन्दै बैठकमा आत्मआलोचना गरेर गल्ती महसुस गर्न समेत ओली तयार नहुँदा एकताको सम्भावना पर धकेलिएको उनले बताए ।
बैठकमा प्रदेशसभा सदस्य बिष्णु पन्थी, अर्का सदस्य रमा घर्ति, केन्द्रीय सल्लाहकार रामचन्द्र भट्टराई , प्रदेश कमिटी सदस्य नन्दीकेशर ढकाल, नेताहरु छत्र ब खत्रि, डा. बालकृष्ण चापागाईको उपस्थिती थियो । एमालेभित्र विवाद बढ्दै जादा रुपन्देहीमा बरिष्ठ नेता नेपाल पक्षले समानन्तर कमिटि गठन गरेको थियो ।