बुटवल । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसीले पदभार ग्रहण गरेका छन् ।
संविधानको धारा १६८(२) अनुसार चार दलको गठबन्धनको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका नेकपा माओवादी केन्द्रका केसीले केहीबेर अघि प्रदेश प्रमुख अमिक शेरचनबाट पद तथा गोपनीयताको सपथ लिएका थिए ।
संविधानको यस धारा अनुसार दुई वा दुईभन्दा धेरै दलको समर्थनमा नियुक्त भएका मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनु पर्छ । केसीले ४१ सांसद रहेको नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको गठबन्धनले केसीको नेतृत्वमा नयाँ सरकारका लागि दाबी पेश गरेका थिए ।
मुख्यमन्त्री केसीले आजै ७ सदस्यीय मन्त्रिपरिषद पनि गठन गरिसकेका छन् ।