बुटवल । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसीको सपथ ग्रहण कार्यक्रम अझै शुरु भएको छैन ।
दिउँसो ४ बजे शुरु हुने भनिएको सपथ कार्यक्रममा मुख्यमन्त्री केसी नआएपछि अझै शुरु हुन नसकेको हो ।
दलहरुबीच मन्त्रालयको बाँडफाँडका बिषयमा छलफल चलिरहेकाले कार्यक्रममा उपस्थिनी जनाउन ढिला गरेका हुन् ।
मुख्यमन्त्री केसीलाई प्रदेश प्रमुख अमिक शेरचनले पद तथा गोपनीयताको सपथ ग्रहण गराउनेछन् । मुख्यमन्त्री केसीसँगै ६ जना मन्त्रीहरुले पनि सपथ लिनेछन् ।
सपथ ग्रहण कार्यक्रमको सबै तयारी अन्तिम चरणमा पुगेको छ ।
तस्वीरहरु: