बुटवल । लुम्बिनी प्रदेशका पदमुक्त आन्तरिक मामिला तथा कानून मन्त्री चेतनारायण आचार्यले आज सरकारी आवास छाडेका छन् । मुख्यमन्त्री शंकर पोखरेलको राजीनामापछि जिम्मेवारी मुक्त भएका लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री चेतनारायण आचार्य सरकारी आवासबाट अटोरिक्सामा बाहिरिएका हुन् ।
बिहीवार बिहान पत्रकार सम्मेलन गरी आचार्यले मन्त्री पदको हैसियतमा प्रयोग गर्दै आएका सबै सेवा तथा सुविधा फिर्ता गरेको बताएका थिए ।
अर्घाखाँचीबाट निर्वाचित सांसद आचार्य मुख्यमन्त्रीमा पोखरेलको पुनर्नियुक्ति पछि मन्त्री बनाइएका थिए ।