काठमाडौं । सर्वोच्च अदालतले लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशनविरुद्ध परेको रिट संवैधानिक इजलासमा पठाउन आदेश दिएको छ ।
प्रदेशका नेकपा एमालेका सांसद लिला गिरीले मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध परेको अविश्वास प्रस्तावमाथि छलफल गर्न बोलाएको विशेष अधिवेशन रोक्न माग गर्दै दायर गरेका थिए ।
रिटलाई संवैधानिक इजलासमा पठाउन न्यायाधीश डा. आनन्दमोहन भट्टराईको इजलासले आदेश दिएको सर्वोच्चका प्रवक्ता बाबुराम दहालले जानकारी दिए ।
उनका अनुसार आज सुनुवाई भएपछि रिटमा गम्भीर संवैधानिक व्याख्याको प्रश्न देखिएको भन्दै संवैधानिक इजलासमा पठाउन डा. भट्टराईको इजलासले आदेश दिएको हो ।