बुटवल - लुम्बिनी प्रदेशका मुख्य न्यायाधिवक्ता ठाकुर प्रसाद डिसीले राजीनामा दिएका छन् । उनले दिएको राजिनामा प्रदेश प्रमुख अमिक शेरचनले स्वीकृत गरेका छन्। मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजिनामा दिएसँगै मुख्यन्याधीवक्ता डिसीले पनि राजिनामा दिएका हुन्।
संविधानको धारा १ सय ६० खण्ड क अनुसार डिसीले मुख्यमन्त्री मार्फत बुझाएको राजिनामा स्वीकृत गरिएको प्रदेश प्रमुख कार्यालयले जनाएको छ । मुख्यमन्त्री बनेपछि शंकर पोखरले डिसीलाई न्यायाधिवक्ता नियुक्त गरेका थिए ।