बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले दिएको राजीनामा स्वीकृत भएको छ । मुख्यमन्त्री पोखरेलले दिएको राजीनामा प्रदेश प्रमुख अमिक शेरचनले स्वीकृत गरेका हुन् ।
केहीबेरअघि प्रदेश प्रमुखको कार्यालयबाट जारी भएको विज्ञप्तीमा मुख्यमन्त्रीको राजीनामा स्वीकृत भएको र अर्को मन्त्रिपरिषद् गठन नभएसम्म मौजुदा मन्त्रिपरिषद्ले नै कार्यभार बहन गर्ने बताइएको छ ।
गत १९ वैशाखमा संविधानको धारा १६८(१) अनुसार मुख्यमन्त्री नियुक्त भएका पोखरेलले बुधबार राजीनामा दिएका थिए । उनीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि छलफल गर्न प्रदेशसभाको विशेष अधिवेशन शुरु हुनै लाग्दा उनले राजीनामा दिएका हुन् ।