बुटवल-लुम्बिनी प्रदेशमा नेपाली कांग्रेस र माओवादी केन्द्रबीच सरकारको नेतृत्व आलोपालो गर्ने सहमति भएको छ।
कांग्रेस र माओवादीबीच आलोपालो नेतृत्व गर्ने सहमति भएको कांग्रेस संसदीय दलका नेता विरेन्द्र कानोडियाले जानकारी दिए।
उनका अनुसार माओवादीसँग आलोपालो नेतृत्व गर्ने सहमतिअनुसार आगामी फागुन २ गतेसम्म माओवादीका दल नेता कुलप्रसाद केसीले नेतृत्व गर्नेछन्।
त्यसपछि कांग्रेस दल नेता विरेन्द्र कानोडियाले नेतृत्व गर्ने सहमति भएको छ।
उनले केसीको नेतृत्वमा बन्ने सरकारमा तत्काल प्रत्येक दलबाट एक-एक जना मन्त्री हुने र विश्वासको मत लिएपछि विस्तार गर्ने उनले बताए।
कांग्रेस, माओवादी र जसपाबाट १-१ जना मन्त्री बन्नेछन्। गठबन्धनमा रहेको राष्ट्रिय जनमोर्चा भने सरकारमा सहभागी हुनेछैन।