बुटवल । लुम्बिनी प्रदेश सभाको बैठक एक घण्टाका लागि स्थगित भएको छ । सभामुख पूर्णबहादुर घर्तीले २:४५ सम्मका लागि प्रदेश सभा बैठक स्थगित भएको जानकारी दिए ।
यसअघि बैठकमा नेपाली कांग्रेसका संसदीय दलका नेता विरेन्द्र कनौडियाले मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव पेश गरेका थिए ।
प्रस्तावमाथि विपक्षी दलका सांसदहरुले बोल्ने क्रम सकिएपछि सभामूख घर्तीले बैठक स्थगित गरेका हुन् ।
बैठक सुरु हुनुअघि नै मुख्यमन्त्री पोखरेलले पदबाट राजीनामा दिएपनि प्रदेश प्रमुखबाट आधिकारिक जानकारी नआएकाले प्रदेश सभा पूर्वनिर्धारित कार्यसूचि अनुसार चलेको थियो ।