बुटवल । लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशनको बैठकमा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव पेश भएको छ । नेपाली कांग्रेसका नेता विरेन्द्र कुमार कनौडियाले अविश्वास प्रस्ताव पेश गरेका हुन् । उनले सम्बोधनको क्रममा सत्ता पक्षका प्रदेशसभा सदस्य अनुपस्थित रहेकाले धेरै नबोल्ने भन्दै अविश्वास प्रस्ताव पेश गरे । अविश्वासको प्रस्तावमा आगामी मुख्यमन्त्रीका लागि माओवादी नेता कुल प्रसाद केसीलाई प्रस्ताव गरिएको छ ।
अहिले विशेष अधिवेशनअन्तर्गत लुम्बिनी प्रदेश सभाको बैठक सुरु भएको छ । मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएपनि बैठक नियमित कार्यसूची अनुसार नै अघि बढेको छ ।
प्रदेश सभामा सभामुख पूर्णबहादुर घर्ती मुख्यमन्त्रीको राजिनामा आएको टेलिफोनमा जानकारी आएको तर आधिकारीक पत्र नआउँदा सम्म प्रदेश सभा नियमित कार्यसूची अनुसारै अघि बढ्ने जानकारी दिए।
बैठकमा सत्तापक्ष नेकपा एमालेका सांसदहरु भने उपस्थित छैनन्। बैठक असंवैधानिक तरिकाले आह्वान भएकाले आफुहरू सहभागी नहुने सरकारका प्रवक्ता बैजनाथ चौधरीले बताए ।