बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपेरिटेन्डेन्ट डा राजेन्द्र खनाललाई सरकारले पदबाट हटाएको छ ।
आज बसेको लुम्बिनी प्रदेशको मन्त्रिपरिषद्को बैठकले मेसु खनाललाई रेडियोलोजी डिपार्टमेण्टमा सार्ने निर्णय गरेको हो ।
मन्त्रिपरिषद्का निर्णयहरु सुनाउँदै सरकारका प्रवक्ता बैजनाथ चौधरीले डा खनाललाई रेडियोलोजी डिपार्टमेण्टमा सारिएको जानकारी दिए ।