बुटवल । लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालतमा दायर भएको रिटको पेशी भोलीका लागि सरेको छ । आजका लागि न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलाशमा पेशी चढेको मुद्दा नभ्याएपछि भोलीका लागि पेशी सारिएको अदालतका प्रवक्ता बाबुराम दहालले जानकारी दिए ।
लुम्बिनीमा विपक्षी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका ३४ सांसदले मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका छन् । जसमाथि भोलिका लागि प्रदेश प्रमुख अमिक शेरचनले आह्वान गरेको विशेष अधिवेशनमा छलफल हुँदै छ । सोही अधिवेशन रोक्न माग गर्दै नेकपा एमालेका सांसद लीला गिरीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
अदालतले रिटलाई हेर्न नभ्याइनेमा राखेपछि भोलीको अधिवेशन नरोकिने निश्चित भएको छ ।