काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधि सभामा स्वेतपत्र पेश गरेका छन् । आज मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा देशको आर्थिक स्थितिबारे जानकारी गराउने श्वेतपत्र पेस गरेका हुन् । अर्थमन्त्रीले मंगलबारको बैठकमा श्वेतपत्र पेस गरेका हुन् ।
अर्थतन्त्रको बृहत्तर परिसूचकको अवस्था तथा चुनौतीलाई समेटेर ‘वर्तमान आर्थिक अवस्थाको जानकारीपत्र’ तयार सदनमा पेस भएको छ । पेस भएको उक्त श्वेतपत्रमा मुलुको अर्थतन्त्रको अवस्था, अघिल्लो सरकार चुकेका विषयहरू र नेपाली अर्थतन्त्रको आगामी बाटोका विषयहरू समेटिएको छ ।