काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका संसदीय दलका नेता केपी शर्मा ओलीले आफू फेरि मूल ढोकाबाट सरकारमा आउने बताएका छन् ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा सम्बोधन गर्दै ओलीले आफू असाधारण जनमतका साथ मूल बाटोबाट आउने बताएका हुन् । 'म मूल ढोका, मूल गेटबाट आउनेछु । फेरि पनि सुनिराख्नु भए हुन्छ असाधारण जनमतका साथ मूल बाटो बाट आउँछु,' ओलीले भने ।
'मलाई परमादेशले प्रधानमन्त्री बनाएको होइन, जनादेशले बनाएको हो,' उनले थपे ।