काठमाडौँ: सर्वोच्च अदालतले भूमिसम्बन्धी आयोग खारेजीको निर्णय कार्यान्वयन नगर्न सरकारका नाममा अल्पकालीन अन्तरिम आदेश दिएको छ ।
सोमबार न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले निर्णय कार्यान्वयन नगर्न अल्पकालीन आदेश जारी गरेको हो । शेरबहादुर देउवा नेतृत्वको सरकारले गत साता देवी ज्ञवाली अध्यक्ष रहेको भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरेपछि ज्ञवालीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
यस्तै अदालतले छलफलका लागि दुबै पक्षलाई भदौ १ गते बोलाएको छ ।