काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले कोरोना जस्तै प्रतिगमनको पनि नयाँ भेरिएन्ट आउनसक्ने बताएका छन् ।
आइतबार राती सामाजिक सञ्जालमा नेता भट्टराईले असंवैधानिक भेरियन्ट पराजित भए पनि दोस्रो संवैधानिक वा ‘अर्ली इलेक्सन’ भेरिएन्ट आउनसक्ने बताएका हुन् । ‘कोरोना झैं प्रतिगमनको पनि नयाँ भेरिएन्ट आउनसक्छ है ! पहिलो असंवैधानिक भेरिएन्ट पराजित भए पनि दोश्रो संवैधानिक वा अर्ली इलेक्सन भेरिएन्ट आउनसक्छ,’ उनले लेखेका छन् ।