बुटवल-लुम्बिनी प्रदेशकी सांसद विमला वलीले आफुलाई मुख्यमन्त्री निवासमा बन्धक बनाएर राखेको भन्ने आरोपको नेकपा एमालेले खण्डन गरेको छ।
एमाले प्रमुख सचेतक भूमिश्वर ढकालले लुम्बिनी टाइम्ससँग कुरा गर्दै भने-'उहाँले लगाएका आरोपहरु निराधार छन्, अपहरण र बन्धक बनाउने भन्ने कुरा झुटा हुन्।'
उनले आफु पार्टी अध्यक्ष केपी ओलीले विमला वलीलाई सोधेको स्पष्टीकरणको पत्र लिएर सांसद वलीलाई भेट्न गएको र वलीले मुख्यमन्त्रीसँग कुरा गर्छु भनेर चाहना राखेकाले मुख्यमन्त्री निवासमा ल्याएको दाबी गरे।
'उहाँले जे जे आरोपहरु लगाउनुभएको ती आरोप आधारहिन छन्-उनले भने-यसबारे हामीले आजै ४ बजे पत्रकार सम्मेलन गरेर हाम्रा कुरा राख्छौं।'
एमालेले ४ बजे संसदीय दलको कार्यालय बुटवलमा पत्रकार सम्मेलन गर्ने उनले जनाए।