बुटवल । जनता समाजवादी पार्टी (जसपा)को संसदीय दलको नेतामा पार्टीका केन्द्रीय कार्यकारिणी अध्यक्ष उपेन्द्र यादव सर्वसम्मत् चयन भएका छन् ।
जसपाको केन्द्रीय कमिटिको आजको बैठकले यादवलाई संसदीय दलको नेतामा चयन गरेको हो ।
यादवलाई दलको नेताका रुपमा संघीय परिषद अध्यक्ष डा बाबुराम भटराईले प्रस्ताव गरेका थिए । उक्त प्रस्तावमा नेता महेन्द्र यादवले समर्थन जनाएका थिए ।
दलको नेतामा एकल उमेद्वारी परेपछि पूर्व मन्त्रीसमेत रहेका यादव सर्मसम्मत् चयन भएका हुन् ।