बुटवल-लुम्बिनी प्रदेशका नवनियुक्त प्रदेश प्रमुख अमिक शेरचनलाई मुख्यमन्त्री शंकर पोखरेलले स्वागत गरेका छन्।
शुक्रबार पदभार ग्रहण गरेका शेरचनलाई पोखरेलले शनिबार स्वागत गरेका हुन्। पोखरेलले सरकारका काम र प्रगतिबारे प्रदेश प्रमुखलाई जानकारी गराएका छन्।
शुक्रबार शेरचनले पदभार ग्रहण गर्दा प्रदेश सरकारका कोहीपनि प्रतिनिधि सहभागी थिएनन्। प्रदेशको उच्च ओहदाका व्यक्तिको पदबहालीमा सरकारका प्रतिनिधि सहभागी नहुनुले सरकारले मर्यादापालन नगरेको भन्दै आलोचना भएको थियो।