बुटवल । जनता समाजवादी पार्टी (जसपा)का तीन जना लुम्बिनी प्रदेशसभा सदस्य पदमुक्त भएका छन् । प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनले सूचना जारी गर्दै सांसदहरु सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेयलाई पदमुक्त गरेको जानकारी दिएका हुन् ।
पदमुक्त भएका सांसदहरु प्रदेश सरकारका मन्त्री रहेका छन् । सन्तोषकुमार पाण्डेय भौतिक पूर्वाधार विकास, विजयबहादुर यादव भूमि व्यवस्था कृषि तथा सहकारी र कल्पना पाण्डेय उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रहेका छन् ।
निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई पार्टीको आधिकारकता दिएपछि शंकर पोखरेलको नेतृत्वको सरकारमा सहभागि भएको भन्दै जसपाको केन्द्रिय समितिले यी तीन सांसदलाई स्पष्टिकरण सोधी कारवाही गरेको थियो ।