काठमाडौं । जनता समाजवादी पार्टी(जसपा) ले नेता रेशम चौधरी उनकै इच्छा अनुसार आधिकारिक पार्टीमा रहेको जसपाले बताएको छ ।
पार्टीका प्रचार विभाग प्रमुख डम्बर खतिवडाले चौधरीले फोनवार्तामार्फत् इच्छा जताएअनुरुप जसपाले पार्टी केन्द्रिय कार्यकारिणी समिति सदस्य कायम रहने गरी अनुमोदन गरेको बताएका छन् । नेता खतिवडाले भने-'माननीय रेशम चाैधरीले फाेनवार्तामार्फत् व्यक्त गर्नु भएकाे इच्छा र तुल्सीलाल स्मृति भवनमा जारी जसपा बैठककाे अनुमाेदन मुताबिक चाैधरी जसपा आधिकारिक पार्टीमा र पार्टी केन्द्रीय कार्यकारिणी समिति सदस्य कायमै रहनु भएकाे प्रष्ट गर्न चाहन्छु ।'
जसपाको बैठक अझै जारी छ ।