काठमाडौँ । माओवादी केन्द्र छोडेर नेकपा एमाले प्रवेश गरेका पूर्व सांसदहरुले आफ्नो पदमा पुनर्बहालीको माग गर्दै सर्वोच्चमा रिट निवेदन दिएका छन् ।
पूर्व माओवादीहरु लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह र गौरीशंखर चौधरीले सांसद पदमा पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट दिएका हुन् ।
माओवादी केन्द्रका तर्फबाट सांसद नियुक्त भएका भट्ट, रायमाझी, साह र चौधरीले केपी ओलीलाई समर्थन गरेपछि पार्टीले सांसद पदबाट हटाएको थियो । चारैजना पूर्व सांसदले आफूलाई अवैधानिक रुपमा पार्टीले सांसदबाट हटाएको भन्दै पुनर्बहालीको माग राखेर अदालतमा निवेदन दिएका हुन् ।
उनीहरुले दिएको रिट निवेदनको भोली पेसी तोकिने सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले बताए ।