काठमाडौं । सरकारले लुम्बिनी प्रदेश प्रमुखमा धर्मनाथ यादवलाई हटाएर अमिक शेरचनलाई नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।
मन्त्रिपरिषदको आज बसेको बैठकले नेकपा माओवादीको सिफारिसमा अमिक शेरचनालाई नियुक्त गर्ने निर्णय गरेको हो । शेरचन यसअघि गण्डकी प्रदेश प्रमुख भइसकेका छन् ।
तत्कालिन ओली सरकारले शेरचनलाई हटाएर सीता कुमारी पौडेललाई नियुक्त गरेको थियो । तर, आज बसेको मन्त्रिपरिषदको बैठकले गण्डकीमा पौडेललाई हटाएर पृथ्वीमान गुरुङलाई नियुक्त गर्ने निर्णय गरेको छ । यस्तै सरकारले प्रदेश २ का प्रमुख राजेश अहिराजलाई पनि हटाउने निर्णय गरेको छ ।