बुटवल । इटा उद्योगमा काम गर्ने मजदुरका बालबालिकाले वसन्त पञ्चमी मनाएका छन् ।
सैनामैनास्थित सोन इटा उद्योगमा रहेका मजदुरका परिवारका ३५ जना ५ बर्ष मुनिका बालबालिकाले अक्षराम्भ पनि गरेको उद्योगमा सञ्चालित कार्यक्रमका सहजकर्ता मनोज गिरीले जानकारी दिए ।
मजदुरका छोराछोरीलाई इटा उद्योगमै पठनपाठनका लागि बालबिकास केन्द्र सञ्चालन गरिएको छ भने त्यसका लागि दुई जना शिक्षक राखिएका छन् ।
यो कार्यक्रममा लागि घरघरमा जीएफआई र शिक्षा तथा आत्मनिर्भरता विकास अभियानले सहयोग गरेको कार्यक्रम संयोजक दुर्गा अर्यालले बताए । यो उद्योगमा बेटर ब्रिक नेपालको कार्यक्रम सञ्चालनमा छ । यहाँका ६ देखि १४ बर्ष सम्मका २६ जना बालबालिकाले शिक्षा केन्द्रमा अध्ययन गर्छन् ।