बुटवल । एफइसी धनकोष बचत तथा ऋण सहकारी संस्थाको साधारण सभा कात्तिक २९ गते हुने भएको छ।
असोज २४ गते बसेको एफईसी धनकोष वचत तथा ऋण सहकारी संस्थाको बिस्तारित बैठकले ३०औं साधारण सभा कात्तिकमा गर्ने निर्णय गरेको सचिव निरज कंडेलले जानकारी दिए।
संस्थाका अध्यक्ष तारानाथ कडेलको अध्यक्षतामा बसेको बैठकले आगामी ३०औं साधारण सभामा प्रस्तुत हुने अध्यक्ष प्रतिवेदन, कोषाध्यक्षको प्रतिवेदन, सचिवको प्रतिवेदनका साथै निति तथा कार्यक्रम आगामी साधारण सभामा पेश गर्ने निर्णय गरेको छ।
बैठकमा संस्थाको आर्थिक गतिविधि वरिष्ठ व्यवस्थापक मुकुन्दहरि ज्ञवालीले प्रस्तुत गरेका थिए।