बुटवल-नेवारी कन्याहरुको सामुहिक ईहि यज्ञ (बेलबिवाह) तथा क्येटा पुजा शुरु भएको छ। नेवा सेवा समिति बुटवल कालिकानगरको आयोजनामा देविनगरस्थित भुपुसैनिक क्लबमा दुई दिने कार्यक्रम सोमबारदेखि शुरु भएको हो। समितिका अध्यक्ष चिरञ्जीवी श्रेष्ठले सामुहिक रुपमा गरिने यस्ता कार्यक्रमबाट छरिएर रहेका नेवारहरु बिच एकता हुनुको साथै आर्थिक ब्ययभार समेत परिवारलाई कम हुने दाबी गरे। प्रत्येक वर्ष संस्थागत रुपमा ११ पटक आयोजना गरिएको कार्यक्रम गरिएको उनले बताए।
नेवार पण्डित हरिशरणोराज्योपाध्यले संस्कृतिमा धनी नेवारहरु संगठित भएर लाग्दा नया पिढिलाई यसको ज्ञान हुने बताए।
समितिका सचिव डिल्लि कुमार श्रेष्ठले ८४ जना कन्याहरु सहभागि रहेको बताए । यसैगरि दोस्रो दिन ८ जना नेवार बालकको ब्रतबन्ध समेत हुने उनले बताए। कार्यक्रममा रुपन्देही,काठमाडौ, दाङ, पाल्पा, अर्घाखाची लगायत क्षेत्रबाट सहभागिता रहेको छ।
संयोजक बिष्णुमाया श्रेष्ठले नेवार जातिभित्र रहेको धनी र गरिबको खाडल हटाउन यसरी गरिने सामुहिक कार्यले सहयोग मिल्ने बताईन। विहान भुपुसैनिक क्लबबाट शुरु भएको जनचेतना र्याली समितिको भवन पुगेर पुन: भुपुसैनिकमा फर्किएर अौपचारिक कार्यक्रम शुभारम्भ भएको थियो।