सैनामैना : सैनामैनामा आज देखी औपचारीक रुपमा लुम्बिनी नेचर हर्बल सप्लायर्सको सुरु भएको छ । सैनामैना वार्ड नं ४ को राम बस्तीमा प्रदेश स्तरीय कार्यालय स्थापना गरी आजबाट औपचारिक रुपमा सप्लार्यसले आफ्ना उत्पादनहरु बिक्री बितरण सुरु गरिएको हो ।
लुम्बिनी नेचर हर्बल सप्लायर्सको उद्घाटन गर्दै सैनामैना नगरपालिकाका नगर प्रमुख चित्र बहादुर कार्कीले दैनिक रुपमा उपभोग हुने खाद्यय वस्तुहरुको गुणस्तरलाई कायम गर्ने गरी आर्गानिक रुपमा वस्तु उत्पादन गरी बिक्री वितरण भएकोमा खुशी व्यक्त गरे । मानव जिवनमा स्वास्थ्य नै ठुलो सम्पति भएकोले स्वास्थ्य प्रति सबै सजक हुनुपर्ने बताउदै प्रमुख कार्कीले लुम्बिनी नेचर हर्बल सप्लायर्सको सफलताको शुभकामना व्यक्त गरेका थिए ।
विभिन्न जडीबुटी र औषधीजन्य बस्तुहरुको प्रयोग गरी ग्लोबल नेचर हर्बल सप्लायर्स प्रा.लि.ले विभिन्न प्रकारका खाद्यवस्तु र दैनिक उपभोग्य बस्तुहरु उत्पादन गर्दै आएको ग्लोबल नेचर हर्बल सप्लायर्स प्रा.लिका फाइनन्स डाईरेक्टर बिनोद खवास मगरले बताए । यस प्रा.लिले औषधी नभई औषधिजन्य बस्तु बिक्रि बितरण गर्दै आएको समेत डाईरेक्टर मगरले बताए ।
लुम्बिनी नेचर हर्बल सप्लायर्सले आफ्ना उत्पादन बिक्री बितरणसंगै स्थानिय उत्पादनलाई पनि खरिद गर्ने उद्धेश्यले स्थापना गरिएको लुम्बिनी नेचर हर्बल सप्लायर्सका अध्यक्ष सुर्य बिक्रम रानाले बताए ।
यस प्रा.लिले ग्रीन टि, साबुनहरु, अमला जुस, गुर्जवा जुस, पेन रिलिफ, यार्सा लगायतका आर्गानिक उत्पादनहरु बजारमा बिक्री बितरण गर्दै आएको कार्यक्रमका संचालक बसन्त खप्तरीले जानकारी गराए ।
ग्लोबल नेचर हर्बल सप्लायर्स प्रा.लि.ले नेपालका सातवटै प्रदेशमा आफ्ना शाखा बिस्तार गरी आफ्ना उत्पादनहरु बिक्री बितरण गर्ने लक्ष्य अनुरुप सैनामैनामा आफ्नो शाखा कार्यालय बिस्तार गरेको हो ।