बुटवल- माघे संक्रान्तिलाई लक्षीत गर्दै होटल पौवाले आफ्ना सबै शाखाहरुबाट माघीको परिकार खुवाउने भएको छ । माघ १ गते माघे संक्रान्ति तथा माघीका दिन परम्परा देखि खाईंदै आएको परिकारहरु ग्राहकहरुका लागि निशुल्क खुवाउन थालिएकोको होटल पौवाले जनाएको छ। पौवा गु्रपका अनुसार जुन–जुन स्थानमा पौवाका शाखाहरु छन् त्यहाँ स्थानीयले परम्परा देखि खाँदै आएको परिकार ग्राहकहरुलाई खुवाउन लागिएको हो ।
माघीमा थारु समुदायका मुख्य परिकार ढिक्री, माछाको अचार, खिचडी, तरुल, सखरखण्ड सबै शाखाहरुमा उपलब्ध हुुनेछन्। पाल्पा र योगीकुटीमा मगर समुदायको माघी स्पेशल सेलरोटी र लोकल अचार पनि ग्राहकका लागि उपलब्ध हुनेछन् । परम्परालाई निरन्तरता दिन र नेपाली संस्कृतिको जगेर्ना गर्न चाड अनुसारको स्वाद कार्यक्रम अगाडी ल्याईएको होटल पौवाका प्रमुख संचालन अधिकृत कृष्ण गौतमले बताए।
होटल पौवाले कर्णाली प्रदेशको जुम्ला सहित लुम्बिनी प्रदेशको दाङ, कपिलवस्तु, रुपन्देही, पाल्पा र गुल्मीमा गरि ८ वटा शाखा संचालन गर्दै आएको छ । लुम्बिनी प्रदेशको स्थायी राजधानी देउखुरी भालुबाङमा फागुन महिना सम्ममा सुबिधा सम्पन्न होटल संचालनमा ल्याउने तयारीमा रहेको होटल पौवाका प्रबन्ध निर्देशक विष्णु ज्ञवालीले जानकारी दिए।