भैरहवा- रुपन्देहीको मायादेवी गाउँपालिकामा जिल्लास्तरीय माघी महोत्सव हुने भएको छ । थारु कल्याण्कारी सभा जिल्ला कार्य समिति रुपन्देहीको आयोजनामा मायादेवी गाँउपालिका–८, मतकोलवामा माघी महोत्सव हुने भएको हो ।
‘हाम्रो भाषा कला संस्कृति र पहिचान, संरक्षण सम्वद्र्धन गर्ने हाम्रो अभियान’ भन्ने नाराका साथ थारुहरुको भेषभुषा, कला सस्कृतिको संरक्षण, सम्वद्र्धन तथा जगेर्ना गर्र्ने उदेश्यले पुस २७ र २८ गते कार्यक्रमको आयोजना गर्न लागिएको थारु कल्याण्कारी सभा रुपन्देहीका सभापति तथा महोत्सव मुल आयोजक समितीका अध्यक्ष सतिश कुमार चौधरीले बताए ।
मायादेवी गाँउपालिका स्थित जनचेतना अधारभूत विद्यालयको प्राङ्गणमा हुने महोत्सवमा थारु समुदायको कला, संस्कृति झल्किने नाच, गीत स्थानिय उत्पदित थारु समुदायको सामाग्रीहरुको प्रदर्शन, थारु तथा लोप हुन लागेका परम्परागत खानाका परिकार लगायतका स्टल रहने पत्रकार सम्मेलनमा बताइएको थियो।
थारु समुदायलाई टेवा पु¥याएका अन्य व्यक्तित्वलाई समेत कार्यक्रममा सम्मान गरिने थारु कल्याण्कारी सभाकी सचिव सरिता चौधरीले बताइन । मेला सम्पन्न गर्नका लागि मुल आयोजक समिती सहित अन्य ८ वटा उपसमिति बनाएर तयारी तिव्र पारेको उनले बताइन्।