बुटवल-बुटवल बहुमुखी क्याम्पसका सहप्राध्यापक/सहायक क्याम्पस प्रमुख डा. शिव पौडेलको निधन भएको छ ।
तिलोत्तमा नगरपालिका १ स्थित आफ्नै घरमा स्कुटर सिक्ने क्रममा ठोक्किदा उनको मृत्यु भएको बुटवल बहुमुखी क्याम्पसका प्रमुख डा. खिमानन्द न्यौपानेले जानकारी दिए ।
स्कुटरसँग घरको भित्तामा ठोक्किएर घाइते भएका उनको उपचारको लागि मणिग्रामको क्रिमसन अस्पतालमा लैजादै गर्दा मृत्यु भएको हो । पौडेलले असोज १ गतेदेखि सहायक क्याम्पस प्रमुखको जिम्मेवारी समेत सम्हालेका थिए ।