बुटवल-बुटवलमा टिप्परको ठक्करबाट एकजना पैदलयात्रुको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता खड्क बहादुर खत्रीका अनुसार बुटवल उपमहानगरपालिका–८ का ८१ वर्षीय नेत्रलाल श्रेष्ठको टिप्परको ठक्करबाट मृत्यु भएको हो ।
उनलाई बुटवल उपमहानगरपालिका – ६ पुस्पलाल पार्क स्थित पुर्व पश्चिम राजमार्गमा बाटो क्रस गर्दै गर्दा लु २ ख ३०४६ नम्बरको टिप्परले सोमबार दिउँसो ठक्कर दिएको थियो।
टिप्परले ठक्कर दिदा सामान्य घाइते भएका उनको उपचारको लागि प्रादेशिक अस्पताल बुटवलबाट थप उपचारको लागि भैरहबा मेडिकल कलेज लगिएको थियो । उनको उपचारको क्रममा मंगलबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ ।