बुटवल–रुपन्देहीमा भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार मायादेवी गाउँपालिका ८ बिश्वकर्मा मन्दिर नजिकै लुम्बिनी भैरहवा सडक खण्डमा लुम्बिनीबाट भैरहवातर्फ आउदै गरेको लु १ क ११७४ नं. को टिप्परले पैदल यात्री स्थानीय सुग्रिम हरिजनको ८ वर्षको छोरा रघुबिर हरिजनलाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको हो।
टिप्पर र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको सूचना अधिकारी प्रहरी नायब उपरीक्षक खड्क बहादुर खत्रीले जानकारी दिए।