बुटवल-रुपन्देहीको सैनामैनामा भएको मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु भएको छ। सैनामैनाको बर्माचोकमा बेलुका साढे ७ बजेतिर मोटरसाईकलको ठक्करबाट पैदलयात्री शुद्धोधन गाउँपालिका १ का ५२ वर्षीय रामजीवन चौधरीको मृत्यु भएको हो।
उनलाई लु ४२ प ८२०८ नम्बरको मोटरसाईकलले ठक्कर दिएको थियो। उनको उपचारका क्रममा मृत्यु भएको हो। ठक्कर दिने मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा राखेको छ।