दाङ–दाङमा स्कर्पियो दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। कपिलवस्तुबाट सल्यान फर्कदै गरेका रेडियोमा कार्यरत पत्रकार सवार बा २ च ९५३१ नम्बरको जिप बिहिवार विहान लमही नगरपालिका वडा नं. ६ कुलमोहर नजिक दुर्घटना भएको हो।
दुर्घटनामा सल्यान स्थित रेडियो मध्यपहाड एफ.एमका स्टेसन म्यानेजर बागचौर नगरपालिका वडा नम्बर २ का बिरेन्द्र डिसी, सोही रेडियोमा कार्यरत बागचौर गाउँपालिकाकै तुलाराम परियार, लेकाली अनलाइनमा कार्यरत खगेन्द्र केसी, खगेन्द्रकी बहिनी १५ वर्षिया नोखी केसी, तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ का प्रकाश ओली, सल्यान छत्रेस्वरी गाउँपालिका वडा नम्बर ३ का चालक सन्तोष बुढाथोकी रहेका छन्।
दुई जनाको लमही स्थित फ्लोरेन्स अस्पताल र चार जनाको लमही अस्पतालमा उपचार भैरहेको छ।