गुल्मी-गुल्मीको इस्मा गाउँपालिका ४ दोहली मौलीपोखराका तेज बहादुर विक तीन ठाउँबाट खुट्टा भाँचिएरपछि उपचार खर्च नहुँदा समस्या परेका छन्।
कामकै शिलसिलामा लडेरपछि तीन ठाउँबाट खुट्टा भाँचिएको हो। विपन्न दलित परिवारमा उपचार गर्ने उपाय नभएपछि छिमेकी खिम अधिकारीले सहयोग संकलन अभियान सञ्चालन गरेका थिए।
उनलाई अधिकारीले सोमबार २५ हजार १ सय ६० घरमै पुगेर हस्तान्तरण गरे। भारतमा काम गर्दै आएका रामचन्द्र खड्का र बिष्णु बिष्ट, अर्जुन बिष्ट र रामु बिष्ट लगायतले उठाएर पठाएको १४ हजार १ सय ६० र गाउँपालिकाका जनप्रतिनिधी र कर्मचारीबाट संकलन गरेको ११ हजार विकलाई प्रदान गरिएको अधिकारीले जानकारी दिए।
उनले अस्पतालमै भएका बेला पनि आफु लगायत गाउँपालिकाका कर्मचारी र जनप्रतिनिधिबाट ६ हजार ५ सय सहयोग उठाएर सहयोग गरेको बताए। साथै गाउँपालिकाले यातयात खर्च बापत ५ हजार सहयोग गरेको थियो।
सहयोग गर्ने अधिकारीसहित सवैलाई आभार प्रकट गर्दै विकले पुरै उपचारलाई एक लाख बढि रकम आवश्यक पर्ने र काम गरेर खाने आफुहरुसँग केही उपाय नभएकाले समस्या भएको गुनासो गरे।