बुटवल-रुपन्देहीमा एक युवा मृत अवस्थामा फेला परेका छन्।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता खड्क बहादुर खत्रीका अनुसार शुद्धोधन गाउँपालिका २ खडक बनगाई स्थित खेतमा बुटवल उपमहानगरपालिका १६ बस्ने ३१ वर्षीय टिकाजंग कुँवर मृत अवस्थामा फेला परेका हुन्।
प्रहरीका अनुसार उनको निधार, टाउको र मुखमा चोट देखिएकाले हत्याको आशंका गरिएको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।